loader

Breaking News

नेपाली चलचित्र ‘जार’ 9 मईमा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुने

Image
 

द हिमाल वर्ल्ड
सिलगढ़ी, 2 फरवरी
नेपाली चलचित्र जार प्रदर्शन हुनेभएको छ।
एक दशकभन्दा बढ़ी समयदेखि प्रतिक्षा साँचिएको नेपाली कथानक चलचित्र जार आउँदो 9 मई अर्थात् बैशाख 26 गतेको दिन विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेभएको छ। 
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र जार हेर्नलाई दर्शकहरू निकै लामो समयदेखि उत्साहित बनिरहेका छन्। यस चलचित्रका निर्देशक दार्जीलिङ खरसाङ निवासी फुर्बा छिरिङ लामा हुन् भने चलचित्रमा मुख्य भूमिकामा नायक सौगात मल्ल, अनुप विक्रम शाही अनि नायिकाकी रूपमा राष्ट्रिय पुरस्कार विजेता गीताञ्जलि थापा रहेका छन्। ‘लायर्स डाइस’-बाट उत्कृष्ट अभिनेत्रीमा राष्ट्रिय अवार्ड जितेकी गीताञ्जलि अभीनित फिल्म ‘लायर्स डाइस’ टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चित फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेका छन्। नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’-मा पनि  अभिनय गरेकी गीताञ्जलिको सशक्त अभिनय नेपाली चलचित्र जारमा दर्शकहरूले देख्न पाउनेछन्। 
फेरि टेल पिक्चर्स –को ब्यानरमा अनि  फेरी टेल पिक्चर्सद्वारा होप रिल्स, एलए-७ सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्मित चलचित्र जार-ले  दर्शकहरूको मन जित्न सफल बन्ने निर्माण पक्षको भनाइ छ।  चलचित्रमा सरवानन इलावार्सुले छायाङ्कन गरेका छन् भने अखिलेश राईले सम्पादन अनि झुमा लिम्बू र गंगा थापाको संगीत रहेको छ। 
दर्शकहरूले सबैभन्दा लामो समयदेखि प्रतीक्षा गरेका नेपाली चलचित्रमध्ये एउटा हो जार। चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ, जसले सिक्किमका प्राकृतिक सौन्दर्यता र मनमोहक दृश्यहरूले चलचित्रलाई अझ आकर्षित तुल्याइदिएको छ। यसका साथै, चलचित्रका अधिकांश कलाकारहरू दार्जीलिङ-सिक्किमकै रहेको अनि चलचित्रको सम्पादनदेखि सम्पूर्ण प्राविधिक कार्य भारतमा नै गरिएको बताइएको छ।


Leave a Comment